सिरहा १० श्रावण -सिरहाको सखुवानानकारकट्टी गाउँपालिकामा गोप्य रुपले कर्मचारी भर्ना गर्न लागेको स्थानीयको गुनासो रहेका छन्।सिरहाको १७ वटा स्थानीय तहमा प्रमुख उप- प्रमुखहरुले आफनो नाता गोता र आसेपासे कर्मचारी पालिकाहरुमा च्याङ्ग लागेका हुन्।
सिरहाको अधिकांन्स पालिका भ्रष्टाचारको हब बनेको स्थानीयको आरोप रहेका छन्।सिरहाको सखुवानानकारकट्टी गाउँपालिकामा स्थानीय कन्चन भने संगिता कुमारी यादव लाई कर्मचारी भर्नामा स्थानीय सरकारले अनैतिक तरिकाले कर्मचारी भर्ना गर्न लागेको खुलाशा भएको हो।
करिब २ महिना अगाडी देखि कुनै भर्ना प्रक्रिया नअन्याई पालिकामा राखेको स्थानीय संगिता कुमारी यादव लाई राखीएका हुन्।पालिकामा राख्दा स्थानीयको बिरोध पछि उनलाई वडा नम्बर ५ मा कम्प्युटर अपरेटरको काम गर्दै आएका छन्।पालिकाले गोप्य सुचना कर्मचारी भर्ना गर्न लागेको हो।
उक्त कर्मचारी यादवले सबै कर्मचारीको कमिकमजोरीका कुरा लगाउने र धाख धम्की दिने गरेका छन्।अख्तियार र जिल्ला प्रशासनको ध्यानाकर्षण होस् भने स्थानीयको व्यापक गुनासो रहेका छन्। राखिएको कर्मचारी हटाउनु पर्ने स्थानीय माग रहेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

