वीरगंज ,९ श्रावण
सशस्त्र प्रहरीले बिलबिजक भन्दा बढीको सामान बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारले बिलबिजक भन्दा बढिको खुद्रा सामानहरु बोकेको ट्रकलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल गुल्म वीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डेको कमाण्डमा वीरगंजको घन्टाघरमा खटिएको टोलीले विशेष सूचनाको आधारमा वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ना ४ ख २६४१ नम्बरको मालबाहक ट्रकलाई रोकी चेकजाँच गर्द बिलबिजक भन्दा बढिको खुद्रा सामानहरु करिब ३१ लाख ७३ हजार ४सय २५ रुपैया बराबरको बरामद गरेको छ।
पक्राउ परेका खुद्रा सामानहरु सहित ट्रकलाई आवशयक कार्यबाहीको लागि राज्शव कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

