बिनोद निगम/नवलपरासी,९ श्रावण ।
नेपाल-भारत सीमा क्षेत्रको ठुठीबारीमा तैनाथ २२ औं गणका एसएसबी जवानले सतर्कता बढाएका छन्।
सीमा नाकाबाट आवतजात गर्न आधार कार्ड र नागरिकताको प्रमाणपत्र अनिवार्य देखाउनुपर्ने भएको छ।यस्तो अवस्थामा अब नेपालबाट आउनेलाई परिचयपत्र र सोधपुछ पछि मात्रै सीमामा प्रवेश गर्ने दिएका छन्।
यससँगै सीमा नाकामा हुने अन्य गतिविधिमा पनि कडा निगरानी राखिएको छ। प्राप्त जानकारीका अनुसार नेपाल सीमा जोडिएको भारतीय सीमा क्षेत्रको ठुठीबारीमा सीमा सुरक्षाको दृष्टिकोणले २२ औं गणका एसएसबी जवान तैनाथ छन् । नेपाल र भारत दुई देशबीच रोटी–बेटीको सम्बन्ध भएकाले मुख्य प्रवेश द्वार सहितको बाटो देखि दुवै देशका नागरिक सहजै आवतजावत गर्छन् ।
विगतमा पाकिस्तानी नागरिक महिला सीमा गुलाम हैदर भारत प्रवेश गरेपछि सुरक्षा निकाय सतर्क अपनाएको आशंका गर्न सकिन्छ। माथिल्लो निकायको निर्देशनपछि ठुठीबारी नाकामा तैनाथ एसएसबीका जवानले हरेक आवतजावत गर्ने नागरिकको खोजी गरिरहेका छन् ।

ठुठीबारी अभियानलाई तिव्रता दिँदै र सघन अनुसन्धान गर्दै कुकुर टोलीले,सीसीटीभी क्यामेरासहितको सतर्कता पनि बढाएको छ।अब नेपालबाट आउने व्यक्तिले पनि परिचयपत्र अनिवार्य देखाउनुपर्ने भएको छ। जुन सुरक्षाको दृष्टिकोणले निकै महत्वपूर्ण छ। यस सम्बन्धमा एसएसबी बीओपीका इन्चार्ज अजय हुड्डाले उच्च अधिकारीको निर्देशनमा सीमामा सुरक्षा बढाएको,आउने–जाने हरेकको सोधपुछ र परिचयपत्र हेरेर मात्रै सीमामा प्रवेश अनुमति दिइएको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

