Rashtriya Dainik

निर्माण व्यवसायी संघ बझाङद्वारा सरकारलाई नौ बुँदे ज्ञापन पत्र

निर्माण व्यवसायी संघ बझाङले जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न माग राख्दै निर्माण व्यवसायी संघ बझाङले जिल्ला प्रशासन कार्यालय मार्फत मंगलबार नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग अघि सारेर निर्माण व्यवसायी संघ बझाङले सरकारलाई ज्ञापन पत्र बुझाएको निर्माण व्यवसायी संघ बझाङका उप उपाध्यक्ष दिपक रोकायाले बताउनु भयाे दिए ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने भन्दै देशभरका निर्माण व्यवसायी अहिले आन्दोलित छन् । अन्दोलित निर्माण व्यवसायी आफना माग अघि सारेर अहिले सरकारको ध्यानार्षण गराई रहेक छन् ।

माग सम्बोधन नभए साउन १४ गते देखि प्रशासन कार्यालयमा धर्ना दिइने निर्माण व्यवसायीहरुको भनाई छ । नेपाल सरकारले आफुहरुका माग सम्बोधन नगरे थप संघर्षका कार्यक्रम अघि सारेर चरणबद्ध आन्दोलन गरिने उनिहरुको चेतावनी छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित