श्रावण ०९ । नेपाल पत्रकार महासंघ पर्साले सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने निर्णयको प्रेस चौतारी नेपाल पर्साले स्वागत गर्दै एकबद्धता जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साको निर्णय स्वागतयोग्य रहेको प्रेस चौतारी पर्साको आज बसेको बैठकले निर्णय गरेको छ ।
प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले पर्सा शाखाको अधिवेसनको मिति अगामी श्रावण १३ गते बस्ने बैठकले तोक्ने निर्णय गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ पर्साले गर्नेे सबै प्रकारको साकारात्मक गतिबिधिहरुमा साथ र सहयोग गर्ने निर्णय गरेको सचिव राजेन्द्र सिंहले जानकारी दिनु भयो । बैठकमा नेकपा एमालेका पर्सा संयोजक डा. बिशम्भर शर्मा, केन्द्रिय प्रचार बिभाग सदस्याद्धय महेश दास र लालबाबु शेष, प्रेस चौतारीका पर्सा ईन्चार्ज शत्रुधन नेपाल, पत्रकार महासंघका पर्सा अध्यक्ष तथा चोतारीका पुर्व अध्यक्ष अनुप तिवारी, सल्लाहाकार महेशचन्द्र गौतम, प्रेस चौतारी नेपालका प्रदेश सचिव ग्यासु मिया देवान, प्रदेश कोषाध्यक्ष जितेन्द्र साह, प्रदेश सदस्ययहरु आसिक मिया अंसारी, श्याम कुशवाह, नेपाल पत्रकार महासंघका सचिव भुषण यादव, कोषध्यक्ष संजिव मिश्रा, सदस्यहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

