नौमुले ,९ साउन
नौमुले गाउँपालिका उपाध्यक्ष गंग बहादुर शाहीले नियम विपरीत दोहोरो सुविधा लिएका छन । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको जीवन निर्वाह भत्ता वितरण कार्यविधीमा घाइते अपांगता भएको व्यक्ति नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकारी सेवासुविधा खाइपाइ आएको भए उक्त जीवन निर्वाह भत्ता दिन नहुने उल्लेख छ ।

उपाध्यक्ष शाहीले गाउँपालिकाबाट उपाध्यक्षको सेवासुविधा सहित घाइतेअपांगको जीवन निर्वाह भत्ता समेत लगेका छन ।
जनयुद्ध र प्रदेश आन्दोलनका वास्तविक घाइते अपांगहरुले समेत भत्ता नपाएका बेला कुनै पनि आन्दोलनमा सहभागी नभएका उपाध्यक्ष गंग बहादुर शाहीले मासिक दुई हजारको दरले चौबीस हजार रुपैया जीवन निर्वाह भत्ता स्वरुप लगेको गाउँपालिका स्रोतले जनाएको छ ।
कर्णाली प्रदेशले जारी गरेको कार्यविधिमा भत्ता स्वरुप उपलब्ध गराइएको रकम निर्देशिका विपरीत दुरुपयोग भएमा वा गरिएमा सम्बन्धित व्यक्तिबाट असुल गरिने उल्लेख छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

