आरपी उपध्याय / नवलपरासी ९ साउन
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.७ मा वडा सचिवको विवादले सेवाग्राही मर्कामा परेका छन।
विनयी त्रिवेणी गाउँपालिका वडा न.७ का वडा सचिव अनन्त उपाध्यायलाई विनयी त्रिवेणी कै वडा न.६ मा कामकाजको लागि जिम्मेवारी तोकिएको र वडा न.७ मा सुनिता भुसाललाई कामकाज गर्ने गरि सरुवा भएपनि सो अनुसार नहुदा सेवाग्राहीले नियम अनुसार सेवा नपाएको जानकारीमा आएको छ।
विनयी त्रिवेणी गाउँपालिकाको २०८० श्रावण ३ गतेको पत्र अनुसार तोकिएको स्थानमा हाजिर हुन जान निर्देशन भएपनी वडा न.७ बाट सरुवा भएका उपाध्याय हालसम्म पनि वडा न.६ को कार्यालयमा हाजिर नभएको र बरबुझारथ पनि नगरिएकोले वडा कार्यालयमा काम गर्न कठिनाइ भएको सरुवा भइ आउनु भएकी वडा सचिव भुसालले बताउनुभयो। 
सचिवको विवादले सेवाग्राहीको सेवा प्रदानमा ढिलाइ भएको र पालिकाको निर्देशनलाई पनि अवज्ञा भएको बुझिएको छ। यस सम्बन्धमा वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको सम्पर्कमा गाउँपालिकाले वडा कार्यालय सङ्ग समन्वय नगरी कर्मचारी सरुवा गरेकोले समस्या चुलिएको बताउदै प्रमुख प्रशासकीय अधिकृत सङ्गको भेटघाट पछि समस्या समाधान हुने प्रतिक्रिया दिनुभएको छ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका वडान.४ बाट सरुवा भइ वडा न.७ मा आउनु भएकी वडा सचिव भुसाललाई वडा न.७ का महिला समुहले महिला सचिव नै आएकोमा खुसियाली व्यक्त गर्दै खादा ओडाइ सफल कार्यकारको शुभकामना व्यक्त गरेका छन।
सो अवसरमा वडा न.७ महिला अधिकार मञ्चकी अध्यक्ष तारादेवी भट्टराई,वडा न.७ का पुर्व वडा सदस्यहरु ज्योती नेपाली, कमला गुरुङ,सुनिता राई समेत सुशीला गौड र भावना रायमाझी लगायतको उपस्तिथि रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

