पर्सा ९ साउन
सुख्खा लागेर पानीको मुहान सुकेपछि पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको वडाहरुमा
जसपाको युवा नेता समाज सेवि:-रामानन्द प्रसाद कुर्मीले आफ्नो निजि दमकलको माध्यमबाट पानी वितरण सुरु गरेका हुन ।
वीरगन्ज महानगरपालिका अन्तरगतको सम्पूर्ण वडामा पानीको हाहाकार मचेपछि वीरगंजबाट लगभग २० किलोमिटर टाढा रहेको गाउँ बाट आफ्नो निजि दमकलमा ६ हजार लिटर पानी ल्याएर आज बिरगंजबासीलाई पानी वितरण सुरु गरिएको नेता कुर्मीले बताए ।
दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अनुसार टोलटोलमा दमकलबाट पुर्याइएको कुर्मीले बताए । मानव सेवा तथा प्राकृतिक प्रकोपमा दिने सेवाको कुनै सिमा र क्षेत्र हुन्दैन साथै सम्पूर्ण पालिकाले यो विपतको घडीमा नगरपालिकामा भएकाे पानी अभावलाई परीपुर्ती गर्न एकबद्धता भएर सेवा दिन अगाडि बढनु पर्ने समय आएको कुर्मीले बताए ।
वीरगन्ज लगायत पर्साको विभिन्न ठाउँमा खानेपानीका मुहान सुकेकाले यतिबेला पानीको हाहाकार भएको छ । यस अघि कोरोनाकालमा पनि कुर्मीले आफ्नाे निजी खर्चमा थुप्रै परिवारलाई राहत बाँडनुका भएको थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

