नवलपरासी ,८ साउन
अनेरास्ववियु पश्चिम नवलपरासीकाे अध्यक्षमा निरज खड्काले जिम्मेवारी पाउनुभएको छ । नेकपा एमाले पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीकाे प्रमुख अतिथता तथा अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज पाैडेलकाे अध्यक्षतामा बसेकाे सचिवालय बैठकबाट अध्यक्षमा निरज खड्काले जिम्मेवारी पाएका छन ।
सचिवालय बैठकबाट सह-सचिवमा गोपाल सापकोटा,
सचिवालय सदस्यमा प्रकृति सापकोटा, कमल ढकाल,सागर केसी,किरण बस्याल ,विनम भण्डारी, जिपी न्यौपाने ,इश्वर पोखरेल, सदस्यमा कामेश पासवान, राम पौडेल,शौरभ कार्की, निरुता थापा, स्मृति पाण्डे, अनिता यादव लगाएतले समेतले जिम्मेवारी पाएका हुन ।
खड्काले जिम्मेवारी बहन गर्दै आफू सधै अनेरास्ववियु तथा अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुकाे हितका लागि र सिङ्गो संगठनका लागि सधै तात्पर्य रहने बताए । अनेरास्ववियुले विद्यार्थीहरुकाे हक अधिकार र संगठनले गर्दै आएकाे कार्य तथा संगठनकाे नीति नियममा रहि कार्यभार बहन गर्ने बताएका हुन ।
कार्यक्रमका पार्टी जिल्ला उपाध्यक्ष डाेलराज भण्डारी , सचिव धिरज शर्मा बस्याल , सहसचिव रिङ्गला यादव लगाएकाे बैठकमा उपस्थित रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

