Rashtriya Dainik

पानी हाहाकार भएपछि धोबिनी गाउँपालिकाबाट युवा नेता पटेलद्वारा वीरगन्जमा पानी वितरण

राजन कु. बानिया /पर्सा, ९ साउन

सुख्खा लागेर पानीको मुहान सुकेपछि पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको वडा नम्बर २४ मा धोबिनी गाउँपालिका बाट माओवादीको युवा नेता YCL को केन्द्रिय सदस्य समाज सेवि:-सन्तोष पटेलले आफ्नो निजि दमकलको माध्यमबाट पानी वितरण सुरु गरेका हुन ।

वीरगन्ज महानगरपालिका अन्तरगतको सम्पूर्ण वडामा पानीको हाहाकार मचेपछि वीरगंजबाट लगभग २० किलोमिटर टाढा रहेको धोबिनी गाउँपालिका बाट आफ्नो निजि दमकलमा ६ हजार लिटर पानी ल्याएर आज बिरगंजबासीलाई पानी वितरण सुरु गरिएको नेता पटेलले बताए ।
दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अनुसार टोलटोलमा दमकलबाट पुर्‍याइएको पटेलले बताए । मानव सेवा तथा प्राकृतिक प्रकोपमा दिने सेवाको कुनै सिमा र क्षेत्र हुन्दैन साथै सम्पूर्ण पालिकाले यो विपतको घडीमा नगरपालिकामा भएकाे पानी अभावलाई परीपुर्ती गर्न एकबद्धता भएर सेवा दिन अगाडि बढनु पर्ने समय आएको पटेलले बताए ।
वीरगन्ज लगायत पर्साको विभिन्न ठाउँमा खानेपानीका मुहान सुकेकाले यतिबेला पानीको हाहाकार भएको छ । यस अघि कोरोनाकालमा पनि पटेलले आफ्नाे निजी खर्चमा थुप्रै परिवारलाई राहत बाँडनुका भएको थिए ।
यदि अरु कुनै वाडामा पानीकाे समस्या भएकाले आफ्नो माेबाइल नम्बर ९८५१००४७५३ मा सम्पर्क गर्न पनि नेता पटेलले आग्रह गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित