Rashtriya Dainik

आम नेपाली नागरिककाे सेवक भएकाले उनीहरुको सेवाकालागि अहोरात्र खटिएको छु : मन्त्री रामेश रिजाल

हरिकिशोर शर्मा / जिराभवानी ,९ साउन

आम नेपाली नागरिकका सेवक भएकाले उनीहरुको सेवाका लागि अहोराती पनि काम गरी सेवा गर्ने नेपाल सरकारका उद्योग , बाणिज्य तथा आपूर्ति मन्त्री रामेश रिजालले बताएका छन।

जिराभवानी गाँउपालिका वडा नं १ भवानीपुरका सामूदायिक भवनको उद्घाटन गर्दै मन्त्री रिजालले यसो बताएका छन। पर्सा निर्वाचन क्षेत्र नं ४ का नागरिकहरुले आफ्नो अमूल्य मत दिई मलाई निर्वाचित गराएका हुदा उनीहरुको हरेक क्षेत्रमा सेवा गर्नु मेरो नैतिक दायित्व भएको मन्त्री रिजालले बताए।

अहिले पानी नपर्दा किसानहरूमाथि ठूलो संकट परेकाले स्थानीय र प्रदेश सरकारले किसानमुखी योजना कार्यन्वन गर्न आग्रह गरे। आफू नेपाल सरकारको उद्योग , बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी वहन गर्दै गर्दा आफ्नो निर्वाचन क्षेत्रप्रति त्यती ध्यान नजान सक्छ भन्दै मन्त्री रिजालले ममाथि औला ठ्डयाउन तथा लौरो तेर्सायाउन पनि पछि नपर्न आम नागरिकलाई आग्रह गरे।
पर्सा जिल्लाका बिकासका लागि संघिय सरकारले ठूला ठूला आयोजना निर्माण गरी कार्यन्वन गरिरहेको मन्त्री रिजालले बताए। आफू निर्वाचित यस क्षेत्रका ३२ वटै वडाका आमनागरिकहरुसंग भेटघाट गर्ने, समस्याहरुको तथ्याङ्क संकलन गरी संघिय सरकारले ती समस्याहरुको सामाधान हुने गरी काम गर्ने मन्त्री रिजालले बताए।
जिराभवानी गाँउपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रदेश सांसद शकर प्रसाद चौधरी, वडाध्यक्ष दारा सिंह राउत थारु लगायतले मन्तव्य व्यक्त गरेका थिए।

गाँउपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काग्रेसका प्रदेश महामन्त्री बृष्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डे, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, सहरुम राउत गद्दी नेपाली काङ्ग्रेस जिराभवानी गाउँ पालिका सभापति मनमोहन चौधरी वार्ड नम्बर एक का सभापति सेख ग्यासुदिन , जिराभवानी गापाका उपाध्यक्ष रेखा चौधरी लगायतको सहभागिता रहेको थियो ।

सो सामूदायिक भवन प्रदेश सांसद शकर प्रसाद चौधरीको संसदीय बिकास कार्यक्रमबाट निर्माण गरिएका थिए। सो कार्यक्रममा बिपी कोइरालाको जन्मजन्यतीको अवसरमा बृक्षारोपण समेत गरिएक थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित