Rashtriya Dainik

पर्सा प्रहरीद्वारा सर्टगन गोली १९ राउन्ड सहित कुशवाहा पक्राउ

वीरगंज ८ श्रावण

पर्सा प्रहरीले सर्टगनको गोलीहरु सहित एकजनालाई नियन्त्रण मा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत प्रहरी चौकी बसपार्कले सर्टगनको गोली १९ राउन्ड सहित भारतीय नागरिक मुरारी कुशावाहालाई पक्राउ गरेको हो।

वीरगंजको भानुचौक स्थित सडकखण्डमा खटिएको टोलीले एकजना अपरिचित व्यक्तिलाई रोकी चेकजाँच गर्दा हातमा बोकेको कालो झोला भित्र 12 Shaktiman 12 Express लेखिएको सर्टगनको गोली राउण्ड १५ थान, KF 12 लेखिएको सर्टगनकै गोली राउण्ड ३ थान 12KF 1296 लेखिएको राउण्ड १ थान गरी जम्मा १९ राउण्ड गोली सहित कुशवाहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।
उक्त गोली सहित पक्राउ परेका कुशवाहालाई हात हतियार तथा खरखाजाना कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शाहले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित