Rashtriya Dainik

सबैठवाबाट चरेस सहित एक जना पक्राउ

राजन कुमार बानिया
पर्सा ८ साउन
सशस्त्र प्रहरी बल नेपालले पर्साको पकहामैनपुर गाउँपालिका वडा नं ५ सबैठवाबाट लागू औषध चरेस सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका – १ मूडली निवासी ४४ वर्षीय प्रेम पासवान रहेका छन् ।
प्रहरीले उनको साथबाट ५ किलो ७ सय ग्राम चरेस बरामद भएको जनाएको छ । पासवानले
ना ३० प ४४४३ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बिअोपी सबैठवाका डिएसपी केसवराज अोलीको कमान्डमा रहेको टोलीले मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट उक्त परिणाममा चरेस भेटिएको हो ।
पासवानले आफ्नो शरीरको विभिन्न भागमा लुकाएर राखेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएका छन ।
उनलाई बरामद चरेस तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरिया बुझाइएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरिक्षक (एसपी) सुमन थपलियाले जनाए का छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित