आरपी उपध्याय /नवलपरासी ८ साउन
त्रिवेणी भन्सार कार्यालय नवलपरासीले मह जस्तो देखिने अखाद्य तरल पदार्थलाई सुरक्षा निकाय र स्थानियको रोहवरमा सोमबार नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासले असार १७ गते अबैध रुपमा ल्याईएको अखाद्य बस्तु नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि त्रिवेणी भन्सार मा बुझाएको थियो । मह जस्तो देखिने लेसिलो तरल वस्तुलाई खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालाय भैरहवामा पठाइएकोमा सो कार्यालयले परिक्षण गर्दा खान अयोग्य भएको ठहर गरि नस्ट गरिएको त्रिवेणी भन्सार कार्यालयका प्रमुख चन्डिराज गेलालले जानकारी दिनु भएको छ ।

अखाद्य वस्तु ठहर सहितको पत्राचार पछी त्रिवेणी भन्सार कार्यालयले सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पि. का सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डेय ,इलाका प्रहरी कार्यालय त्रिवेणी का वरिष्ठ स.ई प्रेम बिस्ट , स्थानिय भद्र भलाद्मी र सन्चारकर्मी बिच अखाद्य बस्तु नस्ट पारिएको हो ।
कुल ५०० लि. तरल बस्तुलाई भन्सार कार्यालय परिसर भित्र नै नस्ट पारिएको भन्सार कार्यालयले जनाएको छ ।
पश्चिम् नवलपरासीको दक्षिणी सिमावर्ती नाकाबाट बर्दघाट हुँदै पुर्वी नवलपरासीतर्फ अबैध सामाग्री जादा पश्चिम नवलपरासीको सिमा क्षेत्रमा तैनाथ सुरक्षा निकायकाे फितलो चेक जाँच प्रती गम्भीर प्रश्न उठ्न थालेको जानकार बर्गले प्रश्न गर्न थालेका छ्न ।
यस पुर्व पनि दुम्किबास प्रहरीले ठूलो सख्यामा अबैध एनसेलको रिचार्ज र सिमकार्ड तथा रासायनिक मल बरामद गरि त्रिवेणी भन्सारमा बुझाएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

