Rashtriya Dainik

सशस्त्र प्रहरी अलौ गुल्मद्वारा अवैध काजु बरामद

वीरगंज ८ श्रावण

सशस्त्र प्रहरीले अवैध रुपले भित्राएको १०५ किलो काजु पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले भन्सार छलि गरि ल्याएको १०५ किलो काजु नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल गुल्म अलौबाट खटिएको चेक पवाईन्टको टोली विभिन्न किसिमको सामानहरु चेकजाँच गर्ने क्रममा अवैधरुले भारतबाट नेपाल भित्राएको १०५ किलो काजु करिब १ लाख मूल्य बराबरको बरामद गरेको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका प्रमुख एवम प्रहरी नायब उपरीक्षक योगेश बरालले जानकारी दिनुभयो।
पक्राउ परेको काजु वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक बरालले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित