Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा अवैध लागुऔषध सहित एक महिला पक्राउ

वीरगंज, ७ श्रावण

सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध ट्याब्लेट सहित १ जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगंजले ३१४ पिस अवैध लागूऔषध सहित एक महिला पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल गुल्म वीरगंजका प्रमुख एवम प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डेले विशेष सूचनाको आधारमा वीरगंज भन्सारको गेट अगाडी खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेकी महिलालाई रोकी चेकजाँच गर्दा उक्त महिलाले लिएको लेडीज भित्र लागूऔषध फेरानगन,डाईजोपाम,र नोर्फिन ३१४ एम्पुल सहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा भरतपुरका बर्ष ३० का सबनम खातुनलाई पक्राउ गरि प्रहरी चौकी ईनार्वामा बुझाएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका सशस्त्र नायब उपरीक्षक पाण्डेले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित