सुनिल बि.क / नवलपरासी , ८ साउन
अन्तरपालिका किशोरीमैत्री फुटबल प्रतियाेगिताकाे उपाधि सरावलले हात पारेको छ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे प्रांगणमा एबिसि नेपालकाे अायाेजना तथा पाल्हि सुस्ता र सरावल गाउँपालिकाका किशाेर किशाेरी सञ्जालकाे समन्वयमा भएको फुटबलकाे उपाधी सरावलले हात पारेको हाे।

सरावलले पाल्हि र सुस्ताकाे किशोरी टिमलाई सुन्यकाे विरुद्ध ४ गाेल गरि प्रथम स्थान हासिल गर्न सफल भएको हाे।
किशोरीमैत्री फुटबल प्रतियाेगितामा सरावल प्रथम , सुस्ता द्धितृय र पाल्हिनन्दनलाई सान्त्वना स्वरुप पुरस्कार प्रदान गरिएको थियो । विजेतालाई कप , मेडल र उपविजेतालाई मेडल पुरस्कार स्वरुप प्रदान गरिएको सरावल गाउँपालिका स्तरीय किशोर किशोरी सन्जालकाे अध्यक्ष सन्दिप बि.क ले जानकारी दिनुभएको हाे।

पालिका स्तरीय किशोर किशोरी सन्जालकाे अध्यक्ष सन्दिप बि.क काे अध्यक्षता तथा सरावल गाउँपालिमा अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता रहेको प्रतियोगितामा किशोरी फुटबल प्रतियोगिता हेर्ने तमाम दर्शकहरुकाे उत्साहजनक उपस्थित रहेको थियो ।

प्रतियोगिताकाे पुरस्कार वितरण कार्यक्रम नितु पाण्डेयकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रम दुर्गा बि.क ले सन्चालन गर्नुभएको थियो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

