वीरगंज , ७ श्रावण
पर्सा प्रहरीले चोरी पैठारी गरि भित्राएको अवैध लत्ताकपडा बरामद गरेको छ ।
प्रहरीले अवैधरुपले भित्राएको भेष्ट,कुर्था सुरु,जेन्स टिसर्ट करिब २ लाख ६९ हजार रुपैया बराबरको पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका भेष्ट ३९० पिस,कुर्थ सुृरुवाल १५ पिस , जेन्स टिसर्ट ३२ पी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।
पक्राउ परेका अवैध लत्ताकपडाहरु वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको प्रमुख शाहले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

