Rashtriya Dainik

अवैध कुखुराको चल्ला सहित पिकअप गाडी प्रहरीको नियन्त्रणमा

बिनोद निगम / नवलपरासी /७ श्रावण

पश्चिम नवलपरासीको सुस्त स्थित रुपौलियबाट आज बिहान ६ बजे अबैध रुपमा भारतबाट भित्र्याएको २६ कार्टुन बोईलर कुकुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुस्ता गाउँपालिका- १ रुपौलिया स्थितबाट लु १ ज ४१८३ नम्बरको पिकअपमा ल्याउदै गरेको अन्दाजी मूल्य रु.२ लाख २८ हजार बराबरको बोईलर कुखुराको चल्ला आइतबार बिहान ६ बजे प्रहरीले बरामद गरेको हो ।

उक्त गाडीको मूल्य अन्दाजी मुल्य रु५ लाख र कुखुराको चल्लाको २ लाख २८ हजार- गरी अन्दाजी मूल्य रु ७ लाख २८ हजा बराबरको रहेको जिल्ल प्रहरी कार्यालय पश्चिम नवलपरासीले बताएको छ।

गाडीको चालक प्रतापपुर गाउँपालिका- १ बस्ने बर्ष ३७ को भोलानाथ थारु,अबैध चल्ला र पिकअप गाडिलाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित