संजय कुशवाहा / नवलपरासी ७ साउन
पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार पिकअप गाडी सहित ७ लाख २८ हजार मुल्य बराबरको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न. १ रुपौलिया स्थित अबैध रुपमा भारतबाट भित्र्याई नेपालतर्फ लु १ ज ४१८३ नम्बरको पिकअप गाडीमा २६ कार्टुन चल्ला २ लाख २८ हजार मुल्य बराबरको बोईलर कुखुराको चल्ला ल्याउदै गरेको अबस्थामा टोलीले नियन्त्रण गरेको हो ।

नियन्त्रणमा लिएको उक्त पिकअप गाडीको मूल्य ५ लाख बराबर रहेको छ । पिकअप चालक प्रतापपुर गाउँपालिका वडा न. १ बस्ने वर्ष ३७ भोलानाथ थारु, अबैध चल्ला र पिकअप गाडिलाई नियन्त्रणमा लिई आबस्यक कार्वाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
त्यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न.६ पडरी स्थितबाट शनिबार बिहान सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरीले १ लाख ९८ हजार बराबरको कुखुरा बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ मोटरसाइकलमा राखी ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरी निरीक्षक सुबाष खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले ६ क्विन्टल ६० किलो बोइलर कुखुरा नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरीलाई देखे वित्तीकै मोटरसाइकलबाट कुखुरा फालि मोटरसाइकल लिएर मानिस फरार भएको सशस्त्र प्रहरी २६ नं गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले जानकारी दिनुभयो ।
उक्त बरामद अवैध कुखुरा महेशपुर क्वारेन्टाईनको रोबरमा खाडल खनेर कुखुरा नष्ट गरिएको खत्रीले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

