सिकेन्द्र सहानी / नवलपरासी, ६ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवामा ४१ औ बिपि स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाली काङ्ग्रेस सरावल गाउँ समितीको आयोजनामा सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवामा बृक्षारोपण कार्यक्रम गरिएको हाे।

नेपाली काङ्ग्रेस सरावल गाउँ समिती सभापति बिनाेद कुमार पाण्डेयकाे अध्यक्षतामा तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति उपसभापति अनिल कुमार गाैडकाे प्रमुख अातिथ्यता ३५० बिरुवा राेपण गरिएको हाे।

कार्यक्रममा बोल्दै लुम्बिनी नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति उपसभापति अनिल कुमार गाैडकाेले काङ्ग्रेस बिपिको बिचार र सिद्धान्तमा अडिग भएर हिड्नु पर्ने बताउदै बिपिको योगदानका बारेमा चर्चा गर्नु भएको थियो । नेपाली राजनीतिक ईतिहासमा राष्ट्रका लागि बिपिको अतुलनीय योगदान रहेको उहाले बताउनु भयो । अब काङ्ग्रेस सरावल सुदृढीकरण भएर सबैजना गुटउपगुट हटाई मिलेर अगाडि बढ्नुपर्ने तब मात्र हाम्रो जय जय हुने बताउदै हातेमालो गरेर सबैजना अगाडि बढ्न सुझाव पनि दिनुभएको हाे।

त्यस्तै नेपाली काङ्ग्रेस जिल्ला काेषाध्यक्ष उत्तमा रायले बिपिलाई सम्झिनु मात्रै नभएर उहाको बिचारलाई आत्मसाथ गर्दै सबै बिपिका अनुयायीहरुले सामाजिक रुपान्तरणका लागि आ आफ्नो क्षेत्रबाट योगदान गर्न सकिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय सदस्य उमेश बि.क ,निर्वाचन क्षेत्र नम्बर १क उपसभापति दिपक क्षेत्री , सरावल गाउँ समिती वरिष्ठ सदस्य इन्द्र बहादुर चाैधरी , वडा नम्बर ४ सभापति जन्मेजय यादव , वडा नम्बर ५ वडा अध्यक्ष लक्षुमण चाैधरी, वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता गाएतले वि.पि काे महत्त्वपूर्ण कामकाे चर्चा गर्दै काङ्ग्रेस एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको थियो ।

सरावल ५ सभापति कमलेश्वर गाैडकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रम सन्चालन उपसभापति महेन्द्र चाैधरीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

