नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नवलपरासी जिल्ला अन्तर्गत सुनवल नगर संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ ।
तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) भएको पार्टी एकतालाई जिल्लास्तर हुँदै स्थानीय तहसम्म एकता अधिवेशन सम्पन्न गर्ने क्रममा सुनवल नगरस्तरीय अधिबेशन शनिवार बडेरास्थित सुन्दरबस्तीमा सम्पन्न भएको हो ।
एकता अधिवशेनलाई प्रमुख अतिथि पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पले सम्बोधन गर्नुभएको थियो । उहाँले वैचारिक, राजनीतिक, सांगठानिक विषयमा महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राख्नुहुँदै संघर्षका लागि आवश्यक निर्देशन गर्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समरले पार्टीलाई सबै वडास्तरमा समेत विस्तार गर्दै संर्घषलाई उठान गर्ने उद्घोष गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहसंयोजक श्रमिकले नेकपा(बहुमत) र नेकपा(क्रान्तिकारी माओवादी) बीच ऐतिहासिक एकता भएकोले कसैले भम्र पाल्न नहुने बताउनुभयो । कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा पाल्हीनन्दन ईञ्चार्ज न्युक्लियस , प्रदेश सदस्य तथा रामग्राम ईन्चार्ज जयकिसनलगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा शहिद परिवार लिलावती पौडेल र हिमलाल भण्डारीको आतिथ्यता थियो ।
एकता अधिबेशनले श्यामको संयोजकत्वमा २१ सदस्सीय सुनवल नगर संगठन समिति गठन गरेको छ ।
४ सदस्सीय नगर कार्यालय टिम गठन गरेको बैठकले सुनवल ७,८,११ र १३ को वडा अधिबेशन समेत तय गरेको संयोजक श्यामले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

