Rashtriya Dainik

विगतका तिता कुरालाई बिर्सेर काङ्ग्रेस सच्चिएर जानुपर्ने बक्ताहरुकाे भनाइ

अारपि उपाध्याय / नवलपरासी , ६ साउन

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाको दुम्किबासमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले विगतका तिता कुरालाई बिर्सेर काङ्ग्रेस सच्चिएर जानू नै विश्वेश्वरप्रसाद कोइरालाप्रती सच्चा श्रद्धाञ्जली हुने बताएका थिए।

उनीहरुले पार्टीमा मौलाएको गुट उपगुटको कारणबाटै इमान्दार र कर्तव्यनिष्ट कार्यकर्ताहरुको मनोबल गिरेको धारणा पनि राखेका थिए।

नेपाली काङ्ग्रेसका संस्थापक नेता महामानव बिपि कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा आयोजित बिपिको विचार र आजको काङ्ग्रेसको चुनौती विषयक अन्तर्कृया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त धारणा राखेका थिए।

उनीहरुले बिपिद्वारा प्रतिपादन भएको नेपाली काङ्ग्रेसमा वर्तमान समयमा कार्यकर्ताहरुको मुल्यांकन नभएको र सक्षम, योग्य र इमान्दार कार्यकर्ता भन्दा पनि पुजीपति वर्गले बढी अवसर पाउनेबाट पार्टीमा निराशा छाएको बताउदै उनीहरुले केन्द्रीय स्तरका नेताहरुबाटै राम्रोभन्दा हाम्रो व्यक्तिलाई अवसर दिने गरेकोमा आक्रोश पनि व्यक्त गरेका थिए।


अन्तर्कृया कार्यक्रममा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य सीतादेवी पाण्डेले बिपिको विचार र आदर्शबाटै नेपाली काङ्ग्रेस हालसम्म पनि उर्जावान अवस्थामा अगाडी बढिरहेको बताउनु भयो।

सो अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती नवलपुरका सह सचिव एवं कार्यक्रम संयोजक उदयराज अर्यालले नेपाली राजनितीका शिखर पुरुष जन नायक बिपि कोइराला, राजनीतिमा कहिल्यै नथाक्ने व्यक्ति र दुरदर्शी नेता रहनुभएकोले उहाँले बोलेका कुरा हालको समयमा पनि सान्दर्भिक नै रहदै आएको धारणा राख्नुभयो।

अन्तर्कृया कार्यक्रममा महा सदस्य समिती गणेशमान श्रेष्ठ,क्षेत्रीय सभापति जगत कार्की,टेक प्रसाद श्रेष्ठ,सोमनाथ भट्टराई,मोहन कलवार,ललित बहादुर गुरुङ,कृष्ण सुवेदी,गोमा बस्याल,दीपक पौडेल लगायतले बिपि कोइराला राजनीति र साहित्यिक क्षेत्रमा गहिरो चिन्तन गरी परिणाम निकाल्ने नेता रहनुभएको धारणा राख्नुभएको थियो।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँकार्य समितिका सभापति अजित थापाको अध्यक्षतामा आयोजित अन्तर्कृया कार्यक्रमलाई सचिव मुकेश कलवारले सञ्चालन गर्नुभएको आयोजकले जानकारी दिएको छ।

बिपि स्मृति दिवसको अवसरमा मध्यविन्दु,कावासोती,देवचुली,गैंडाकोट लगायतका स्थानहरुमा पनि वृक्षारोपण सहित अन्तर्कृया कार्यक्रम गरिएको ने.का. जिल्ला कार्य समिती एवं महिला नेतृ लक्ष्मी मैनालीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित