नवलपरासी-६ साउन
४१ औ बिपि स्मृति दिवसको अवसरमा रक्तदान र बृक्षारोपण कार्यक्रम गरिएको छ ।नेपाली काङ्ग्रेस बर्दघाट नगर समितीको आयोजना र जिल्ला रक्तसञ्चार सेवाकेन्द्र रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज जिमेरेभार स्थित त्रिनेत्रधाममा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य बिस्वप्रेम पाठकले काङ्ग्रेस बिपिको बिचार र सिद्धान्तमा अडिग भएर हिड्नु पर्ने बताउदै बिपिको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।नेपाली राजनीतिक ईतिहासमा राष्ट्रका लागि बिपि को अतुलनीय योगदान रहेको उहाले बताउनु भयो ।
नेपाली काङ्ग्रेस नगर सभापति दामोदर जिसिले बिपिलाई सम्झिनु मात्रै नभएर उहाको बिचारलाई आत्मसाथ गर्दै सबै बिपिका अनुयायीहरुले सामाजिक रुपान्तरणका लागि आ आफ्नो क्षेत्रबाट योगदान गर्न सकिने उल्लेख गर्नु भयो ।जिल्लामा रगतको अभाव खड्किन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको सभापति जिसिले बताउनु भयो ।

कार्यक्रममा महिला संघ केन्द्रिय सदस्य कमला पराजुली,नगर प्रवक्ता सन्तु गाहा लगायतले काङ्ग्रेस संगठनात्मक रुपमै सचिदै आम जनताको पार्टी बन्न सक्नु पर्ने उल्लेख गर्नु भयो ।सो अवसरमा नगरप्रमुख शम्भुलाल श्रेष्ठ,तरुणदल सभापति सुक बहादुर गुरुङ तथा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा ४१ जनाले रक्दान गरेका थिए ।साथै त्रिनेत्रधाम मन्दीर परिसरमा बृक्षारोपण समेत गरिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

