सिकेन्द्र सहानी / नवलपरासी ,६ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरीलाई मनाेमानी र नियम बिपरित काम गरेको भन्दै अख्तियारमा उजुरी परेको छ।
वडा अध्यक्ष चाैधरीले सरावल ३ पटनीमा रहेको कित्ता नम्बर ३८१ डिल्ली भगत थारुकाे साबिक मनरी ४ “क ” काे माटाे निकालि ब्यक्तिगत प्रयाेजन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय ,बुटवलमा उजुरी परेको छ।

वडा अध्यक्षले सत्ता र पावरकाे दुरुपयोग गरि सरकारी बजेटबाट अपुतालि जग्गाबाट माटाे निकालेर निजी प्रयाेजनका लागि आफ्नाे खेत र अपुतालि जग्गा समेत मिचि वडाकाे बजेटबाट बाटाे बनाएकोले अख्तियारमा उजुरी परेको छ।
डिल्ली भगत थारुकाे ७ बिगहा २ धुर जग्गा वडा अध्यक्ष लगाउदै आएकाे र साे जग्गा माेहि रहेकोले आधा जग्गा वडा अध्यक्ष चाैधरीकाे रहेको र साे जग्गा आफ्नाे स्वामित्व देखाउदै बाकि रहेको जग्गा नियम मिच्दै दादागिरी गरेको स्थानीयले गुनासो ब्यक्त गरेका छन ।

अरुले पालिका र वडा मातहत खेत या अन्य जग्गाबाट माटो निकाल्दा वडाकाे अनुमति सहित सिफारिस लिनु पर्ने तर वडा अध्यक्षले आफुखुशि नियम मिच्दै काम गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय ,बुटवलले पालिकामा स्पष्टीकरण सहित चिट्ठी पठाएको छ ।
वडा अध्यक्ष चाैधरीले अपुतालि जग्गा जाेतभाेग गरेको र त्यसबापत हुने राजस्व पालिका र अन्य निकाय समेत नबुझाईकाे पाइएको छ।
अख्तियारबाट आएको चिट्ठीबारे सत्यतथ्य अनुगम गरिएको र साे बारे चिट्ठीकाे प्रतिउतरकाे तयारीमा रहेको सरावल गाउँपालिकाबाट जानकारी प्राप्त भएको छ।

साे विषयमा सरावल ३ वडा अध्यक्ष फिरंगी चौधरीसंग साेधपुछ गर्दा आफूले धेरै वर्ष देखि उक्त जग्गा जोतभोग गर्दै आएको बताएका छन्। उनका भने “मेरो हजुर बुवाले विगत ६० वर्ष देखि लगाउँदै आएका छन् । मैले बाटो बनाउनको लागि माटो निकालेको छु । बाटो बनाउन सुरुमा ४ लाख र पछि अपुग भए पछि पुनः १ लाख ६० हजार गरी कुल ५ लाख ६० हजार बराबरको बाटो निमार्ण कार्य भएको छ ।” उनका अनुसार गत आर्थिक वर्ष २०७९/०८० को एकिकृत सम्पति कर मात्र बाकी रहेको बताएका छन।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

