राष्ट्रिय दैनिक / नवलपरासी , ५ साउन
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ त्रिभुवन मा.बि बेलाटारीमा अध्ययनरत बहिरा विद्यार्थीहरुका लागि अति आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ।

युनाइटेड मिसन टु नेपालकाे सहयोग र सुनवल सामुदायिक बिकास केन्द्रकाे आयाेजनामा सन्चालित अपांगता समावेशी विकास परियोजना मार्फत रेडिमेट पर्दा ९ थान,कार्पेट ,वाल पंखा ३ थान , फिल्टर १ थान,ब्ल्यांकेट ८ थान , सिरानी १० थान , झुल ८ थान लगाएतकाे सामाग्री हस्तान्तरण गरिएको हाे। भने बहिरा बालबालिका बस्ने काेठामा पाटेसन ,जिप्सन सहित रंगरोगन पनि गरिएको छ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बाेल्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले सुनवल सामुदायिक बिकास केन्द्रले गरिरहेकाे विभिन्न सहयोगले संस्थाकाे त महत्त्व बढी रहेको छ साथै कर्मचारीकाे पनि महत्त्व बढीरहेको बताउनुभयो । यहाँहरुकाे लगनशीलता हेरेर यहाँका जनता प्रभावित रहेको बताउदै मिलेकाे सामाग्रीले बहिरा बालबालिकालाई बस्न, पढ्न , सुत्न ठुलो टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष मान कुमारी चाैधरी , वडा नम्बर ९ वडा अध्यक्ष जय किसुन चाैधरी , वडा सदस्य बिरेन्द्र चाैधरी , विद्यालय प्र.अ नारद ठाकुर लगाएत विद्यालय ब्यवस्थापन समिति अध्यक्ष , ब्यवस्थापन समिति सदस्य लगाएत शिक्षकहरुकाे उपस्थिति रहेको अपांगता समावेशी विकास परियोजना पुनरस्थापना संयाेजक राधा तिमिल्सिनाले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

