Rashtriya Dainik

सुनवल सामुदायिक बिकास केन्द्रद्वारा खोज तथा उद्दार सामाग्री हस्तान्तरण

राष्ट्रिय दैनिक / नवलपरासी ,५ साउन

सुनवल सामुदायिक बिकास केन्द्रले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकालाई विपदको बेलामा आवश्यक पर्ने खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।

युनाइटेड मिसन टु नेपालकाे सहयोगमा र सुनवल सामुदायिक बिकास केन्द्रकाे आयाेजनामा सन्चालित अपांगता समावेशी विकास परियोजना मार्फत संस्थाका सचिव जयराम बस्यालले विपद उद्दारका वेला आवश्यक पर्ने खोज तथा उद्दार सामाग्री पाल्हिनन्दन गाउँपालिकालाई हस्तान्तरण गरेको बताउनुभयो ।

विपद उद्धारका वेला माननीय तथा भौतिक क्षति न्यूनीकरण तथा खोज र उद्धार सामाग्री सेफ्टी लाइफ ज्याकेट,स्टेचर , आगाे निभाउने उपकरण,रस्सी,गैती,जुत्ता,ह्यान्ड माइक,सुरक्षा ज्याकेट,बाल्टी,सिट्टी,बत्ती लगाएतकाे सामाग्री हस्तान्तरण गरिएको परियोजना पुनरस्थापना संयाेजक राधा तिमिल्सिनाले राष्ट्रिय दैनिकलाई बताउनु भयो ।

संस्थाका सचिव जयराम बस्यालकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक ) काे प्रमुख आतिथ्यता एवं उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना)काे विशिष्ट अातिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष चुल्हाई यादव , वडा नम्बर २ वडा अध्यक्ष जगदिस गुप्ता , वडा नम्बर ३ वडा अध्यक्ष गाेधन प्रसाद हरिजन , विपद ब्यवस्थापनशाखा प्रमुख प्रदिप तिवारी लगाएतकाे उपस्थित रहेको कार्यक्रमकाे सन्चालन सामाजिक परिचालक शक्ति कुमार काैशलले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित