Rashtriya Dainik

सखुवा प्रसौनी गाऊपालिका अध्यक्ष यादब र वडा अध्यक्ष संजु छतकुलीको सहकार्यमा अलौमा पानी वितरण

वीरगंज ४ श्रावण

सखुवा प्रसौनीका गाऊपालिकाका अध्यक्ष यस्वन्त यादव र वडा अध्यक्ष संजु छतकुलीको सहकार्यमा ट्याङ्कीले खाने पानी वितरण गरेको हो।

पर्साको सदरमुकाम वीरगञ्जमा पछिल्लो केही समयदेखि आएको पानीको समस्यालाई मध्यनजर गर्दै सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादव र वीरगंज १७ का वडा अध्यक्ष संजु छतकुलीको सहकार्यले अलौं गाउँमा ट्याङ्कीले ६ हजार लिटर खानेपानी वितरण गरेका छन्।

जिल्लाको एउटा स्थानीय तहमा समस्याको आउँदा अर्को स्थानीय तहले सहयोग गर्नुपर्ने ध्ययका साथ अध्यक्ष यादवले खानेपानी वितरण गरेको बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सखुवाप्रसौनी गाउँपालिका सधैं तयार रहने बताएका छन् । पानी पाएपछि हर्षित स्थानीयहरूले उनलाई धन्यवाद पनि दिएका थिए ।

त्यसैगरि वडा नम्बर १७ का वडा अध्यक्ष छतकुलीले अलौमा पानीको समस्या समाधान गर्ना कुनै पनि स्थानिय तह संग सहकार्य गरि उपलब्ध गराउने बताए।आफ्नो वडामा हरेक चौक चौकमा निशुल्क खानेपानी जडान र पुरानो ईनारहरु छिटोभन्दा छिटो सरसफा गराई पानीको समस्या सामधान गर्ने यश अनलाईनलाई बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित