Rashtriya Dainik

अब अनलाइनबाटै निःशुल्क कम्पनी दर्ता, खारेजी र पुँजी वृद्धि गर्न सकिने

काठमाडौं ,५ साउन

अब अनलाइनबाटै निःशुल्क कम्पनी दर्ता, खारेजी र पुँजी वृद्धि गर्न सकिने

काठमाडौं । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

”कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशित गर्ने निर्णय भएको छ,” उनले भनिन् । योसँगै नयाँ कम्पनी दर्ता, पुँजी वृद्धि र कम्पनी खारेजीको काम अनलाइनबाट निःशुल्क गर्न सकिने भएको छ ।

आर्थिक वर्ष २०८०-८१ को बजेटमा अनलाइनबाट कम्पनी दर्ता तथा पुँजी वृद्धि कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने घोषणा गरिएको थियो । यसपछि कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी दर्ता र पुँजी वृद्धि गर्न नयाँ सफ्टवेयरमार्फत फिचर थप गरिरहेको छ ।

नयाँ दर्ता, पुँजी वृद्धि र खारेजीबाहेक अन्य कामका लागि भने शुल्क लाग्ने व्यवस्था छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित