अारपि उपाध्याय / नवलपरासी , ५ साउन
जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीले लागू पदार्थ सेवन गरि सवारी साधन चलाउनेहरुलाई कार्वाहीकाे प्रक्रिया अगाडी बढाएको छ।
जिल्ला मुख्यालय परासी स्थित बाइपास सडक खण्डमा सवारी साधन रोकि चालकहरुलाई चेकजाँच कार्य अन्तर्गत शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (ब.स.प.) की प्रमुख ट्राफिक निरीक्षक प्रसिद्धिका कडेलले जानकारी दिनुभएको छ। ट्राफिक निरीक्षक कडेलको नेतृत्वमा परिचालित ट्राफिक प्रहरीले महेशपुरबाट परासी तर्फ आउदै गरेको लु१६प१६०८ नम्बरको स्कुटी रोकि लागू पदार्थ सेवन चेकजाँच गर्ने क्रममा रुपन्देही तिलोत्तमा ४ बस्ने अनिल दर्जीको पाइन्टको खल्तीबाट ब्राउन सुगर फेला परेको बताइएको छ।
ट्राफिक प्रहरीले स्कुटी चालक सुमित मास्के र दर्जीलाई आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी मा पठाइएको छ।
ट्राफिक प्रहरीले लागू औषध सेवन गर्नेहरुलाई टि.यच.सि. नामक कीट प्रयोग गरि अभियुक्त पत्ता लगाउने कार्य गरिएको जनाइएको छ। सो अभियानमा जिल्ला अन्तर्गतका अन्य प्रमुख स्थानहरुमा पनि चरणबद्व रुपमा परीक्षण गरिने पनि ट्राफिक प्रहरीले बताएको छ।

पश्चिम नवलपरासीको दक्षिणी सिमा खुला भएको कारण सिमापार भारतिय बजारबाट लागू औषध बोकि आउने र सेवनकर्ता नेपाल भित्रिने हुँदा यसतर्फ सिमा क्षेत्रमा कार्यरत सम्पुर्ण सुरक्षा निकाय गम्भीर ढङ्गले लाग्नुपर्ने आवाज पनि स्थानिय स्तरबाट उठ्ने गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

