Rashtriya Dainik

ब्राउनसुगर सहित दुई जना नवलपरासीमा पक्राउ

सिकेन्द्र सहानी / नवलपरासी , ४ साउन

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नम्बर ५ वाईपासमा चेकजांच गर्ने क्रममा
जिल्ला प्रहरी कार्यालय नवलपरासीले ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ बस्ने २२ बर्षिय समित मास्के मगर र २५ बर्षिय अनिल दर्जी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले रामग्राम नगरपालिका वडा नम्बर ५ वाईपासमा चेकजांच गर्ने क्रममा ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको हाे।

महेशपुरबाट परासीतर्फ आउदै गरेको लु १६ प १६०८ नम्बरको स्कुटीलाई रोकेर चेकजाच गर्दा लागु औषध सेवन गरेकोले निजहरुको तलासि लिदा स्कुटरमा पछाडी सवार अनिल दर्जीको पाईन्टको खल्तीबाट सानो सानो चार वटा प्लाष्टिकमा पोको पारी ल्याएको ८ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी स्कुटर र स्कुटरमा सवार दुबै जनालाई बुधबार साझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनु भएको छ ।

पक्राउ परेका मगर र दर्जीले उक्त लागू औषध कुन स्थानबाट के र कुन प्रयोजनको लागि ल्याएको र सो कार्यमा अन्य क कस्को संलग्नता छ ? भन्ने विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित