काठमाडौं, ४ साउन ।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुन राष्ट्र बैंकले सुनको तौल लिएको छ।
उक्त बट्टा (ब्रेक शु)सहित जोख्दा १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।
बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो।
बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि उक्त सुन टक्सार महाशाखा लगिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

