राष्ट्रिय दैनिक / काठमाडौं , ४ असार
नेपालमा सरकार परिवर्तन र समय कालखण्डको अन्तरालमा सुन काण्डका तथ्यहरु वाहिरिने गरेको छ ।
काग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले मंगलबार देखि जारी काग्रेस केन्द्रिय कार्य समिति वैठकमा चिन लगायत तेश्रो मुलुकबाट कुइण्टलका कुइन्टल सुन भित्रिइरहेको उद्घोष गरेका थिए ।
काग्रेसका प्रभावशाली नेता कंण्डेलले पाटी केन्द्रिय समिति वैठकमा क्वीन्टलका कुइन्टल सुन भित्रिइरहेको वारे धारणा राखेको ६ घण्टा नवित्दै सरकारले १ कुण्टल हाराहारीमा सुन वरामदको तथ्य सार्वजनीक भएको थियो ।
नेता कण्डेलले हालै सरकारले भारतीय सिमानाकाबाट रु १०० वढिका जुनै पनि मालवस्तुमा भन्सार शुल्क लिने नितिलाई कडाई गर्दा सिमा क्षेत्रका सामान्य सर्वसाधारण नेपाली नागरिकले जिवन यापनमा चरम सास्ती खेप्नु परेकोमा असन्तुष्टी व्यक्त गरेका थिए ।
सरकारले सिमाको भन्सार प्रणालीमा मधेशमा विभेद निती कार्यान्वयन गरिएको समेत धारणा राखेका थिए ।
मधेशक्षेत्रमा भन्सारले रुं एक सयमा मानव मृत्यसस्कारका निम्ती प्रयोग गरिने कात्रो समेत नपाईने अवस्थामा सय वढीको सामाग्रीमा भन्सार लिने गरि गरेको अत्यन्त अमानवीय र मधेश विभेद निती प्रति आक्रोस पोखेका थिए ।
नेता कण्डेलले देश आर्थिक मन्दीले ग्रस्त भएको वर्तमान अवस्थामा एकातर्र्फ सिमाक्षेत्रका नेपालीहरुले दैनिक जिवनयापन र घरखर्चका निम्ति सिमापारिबाट ल्याउने सामाग्रीमा भन्सारको अवरोधले जनजिवन प्रभावीत वनेको भने अर्को तर्फ उत्तरी नाका र एयरपोर्टबाट कुण्टल सुन भित्रिएको तथ्यले देशको भन्सार संयन्त्रको कार्यक्षमता माथि कडा आलोचना गरेका थिए ।
नेता कण्डेलको सुन भित्रिने धारणा राख्नु र छ घन्टा भित्रै १०० किलो सुन समातिनु एक आश्चर्यजनक संयोग वनेको छ ।
१०० केजी सुनकाण्ड वाहिरिए संगै वरामद सुनको आधिकारीक परिमाण , सेटीगंमा संलग्न निकाय र व्यक्तिहरुको खुलासा तथा सरकारको कारवाही प्रकृयाको नतिजा वारे आम नेपालीको गहिरो चासोको विषय वनेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

