Rashtriya Dainik

सरावल ५ धनगडवामा जिम हाउस सञ्चालनमा

सिकेन्द्र सहानी / नवलपरासी , ४ साउन

पश्चिम नवलपरासीको सरावल ५ धनगडवामा अत्याधुनिक उपकरण तथा मेसिन सहितको जिम एण्ड फिटनेस सेन्टर सञ्चालनमा आएको हो ।

धनगडवाकाे सामुदायिक भवनमा अत्याधुनिक उपकरण तथा मेसिन सहित पालिका भित्रकै पहिलो जिम एण्ड फिट्नेस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

उक्त जिम हाउस सरावल गाउँपालिकाकाे सहयोगमा समान मात्रै ३ लाख भन्दा बढीको लगानिमा खोलिएको हो । यस्ता अत्याधुनिक उपकरण तथा मेसिन सहित खोलिएको जिम हाउस मार्फत आफ्नो जिबन स्वस्थ , फिटनेस र ब्यस्त राख्न भरपुर प्रयोग गर्ने छौ भन्दै स्थानियले खुसि ब्यक्त समेत गरे ।

जिम हाउसमा प्रयोग हुने उपकरण तथा मेसिनहरु युवा तथा वृद्ध अवस्थाका आम समुदायलाई स्वस्थ निरोगी बनाउने खालको रहेको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको छ।

सरावल गाउँपालिकाकाे अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता तथा पुर्व प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारीकाे प्रमुख अातिथ्यतामा एक कार्यक्रम बिच जिम हाउस सुभारम्भ भएको हाे।

जिम हाउस स्थानीय जय बजरंग युवा क्लबले ब्यवस्थापन र सन्चालन गर्ने पालिका उपाध्यक्ष बासमति हरिजनले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित