बिनोद निगम / नवलपरासी ३ श्रावण
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४ लाख ३१ हजार ३० रुपियाँ मुल्य बराबरको अबैध तस्करीको सामान सशस्त्र प्रहरी बलले नियन्त्रण लिएको छ ।
पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुर स्थित बगैंचामा बेवारिस अवस्थामा रहेको कपडा र चामल बोर्डर आउट पोस्ट (बीओपी) हरपुर बाट सुवाष खत्रीको कमाण्डमा खटिगएको मोवाईल गस्ति टोलिले बरामद गरी बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको सबै सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बि.ओ.पि.) हरपुरले जनाएको छ । जिल्लामा तस्करी मौलाएपछि सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

