Rashtriya Dainik

भारतबाट ल्याइएको अवैध सामाग्री सशस्त्र प्रहरी बल नेपालद्वारा बरामद

अारपि उपाध्याय / नवलपरासी , ३ साउन

पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका गोपालपुर स्थित एक बगैंचामा भारतबाट ल्याइएको अवैध सामाग्रीलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरले बुधबार बरामद गरेको छ।
गोप्य सुचनाको आधारमा सिमाक्षेत्रको एक बगैंचामा लुकाइराखेको लत्ता कपडा सहित चामल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ।
नियमित गस्तीको क्रममा सशस्त्र प्रहरी बलको गस्ती टोलीले बेवारिसे सामाग्री बरामद गरिएको गणपति न्यौपानेले बताउनुभएको हो।
सशस्त्र प्रहरी बलको गस्ती टोलीले ४ लाख ३१ हजार बराबरको ६ सय ६१ थान कपडा बरामद गरिएको बताइएको छ। नेपाल भारत अन्तर्राष्ट्रिय सिमाबाट १०० मिटर उत्तर तर्फ बरामद गरिएको लत्ताकपडा र चामललाई आवश्यक कानुनी कारवाहिको लागि महेशपुर भन्सार पठाइएको २६ न. गणले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित