नवलपरासी , ३ असार
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट नगर संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक बुधवार बर्दघाटमा सम्पन्न भएको छ ।
अधिबेशनले प्रशान्तको संयोजकत्व २५ सदस्सीय बर्दघाट नगर संगठन समिति गठन गरेको छ । साथै, नगर संगठन समितिको ८ सदस्सीय सचिवालय गठन गरिएको छ ।
कार्यक्रममा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य संकल्पले गाउँ गाउँ भएका भष्ट्रचार कमिशनखोर तथा सुदखोरहरुका नामावली संकलन गरेर पार्टीमा रिर्पाेट केन्द्रित गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले क्रान्तिकारीहरुबीचको एकताले जनतमा नयाँ आशा पैदा भएको उल्लेख गर्दै उत्साहपुर्बक काममा लाग्न निर्देशन गर्नुभयो ।

कार्यक्रममा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समरले पार्टीलाई केन्द्रीकृत र एकताबद्ध बनाउने अभियान संचालन भएकाले संर्घषका खाका लिएर जनतामा जान नेता कार्यकर्तालाई आब्हान गर्नुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा जिल्ला सहसंयोजक श्रमिकले क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच प्रदेश र जिल्लामा एकता सम्पन्न भईसकेको सन्र्दभमा जिल्लामा एकता बारे भम्र पैदा गर्न खोजिएको चर्चा गर्नुभयो ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा नगर ईन्चार्ज विबेकले प्यानल प्रस्ताव तथा कार्ययोजना र कार्यक्रममा स्वागत ओमप्रकाशले गर्नुभएको थियो ।
कार्ययोजना अनुसार साउन महिनाभित्र वडा कमिटीहरुको एकता अधिबेशन गर्ने उक्त पार्टीले जनाएको छ ।
कार्यक्रममा प्रदेश सदस्य सरोज, क्रान्ति जिल्ला सल्लाहकार मुसाफिरलगायतको आतिथ्यता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

