Rashtriya Dainik

पर्सा प्रहरीद्वारा ६ सय लागूऔषध नाईट्रोभेट सहित १ जना पक्राउ

वीरगंज ३ , श्रावण

पर्सा प्रहरीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषध नाईट्रोभेट ६ सय पिस सहित एक युवकलाई पक्राउ गरेको हो।

प्रहरीले चेकजाँचको क्रममा उक्त लागूऔषध सहित
चितवनका सुनिल बिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।
प्रहरी चौकी गण्डक चौकमा खटिएको प्रहरी टोलीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको सार्वजनिक बसलाई रोकी जेकचाँज गर्दा बसमा सवार रहेका बिकलाई कानुनी रित पुर्‍याई चेकजाँच गर्दा उनको कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा नाईट्रोभेट ६ सय पिस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो।
पक्राउ परेका बिकलाई नियन्त्रणमा लिई लागूऔषध कसूरमा मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित