काठमाडौं , ३ साउन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले तराई-मधेशलाई विभेद गर्ने गरी राज्यले शासन व्यवस्था चलाइरहेको बताउनुभयो छ ।
मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने क्रममा वहाँले यस्तो बताउनु भएको हाे।
‘उत्तरबाट किलोमा होइन क्विन्टलमा सुन तस्करी हुँदा केही हुन्न। तर दक्षिणबाट सय रुपैयाँको सामान ल्याउँदा पनि भन्सार लगाइन्छ’, उनले भने, ‘मधेश जहिले पनि अपहेलित भयो। अहिले मुलुकमा दुईवटा कानुन छन्। एउटै देशमा दुई कानुन छन्। मधेशमा कानुन फरक छ अन्त फरक छ।’
वहाँले सय रुपैयाँमा कात्रो पनि नआउने अवस्थामा भन्सार लगाइएको बताउनुभयो। ‘सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाइएको छ। सयमा कात्रो र कफन पनि आउन्न’, वहाँले भन्नुभयाे, ‘चीनबाट आउने विभिन्न नाकाबाट ठूलो मात्रामा सामान आउँछ। लाखौँको सामान आउँछ। विमानस्थलका भन्सारहरुमा दुइटा मोबाइल र टीभी लत्ताकपडा ल्याउन दिन्छन्। तर भारतबाट आउनेलाई कसिन्छ।’
वहाँले भारतका दिल्ली र पञ्जाबसहितमा काम गर्नेले सय रुपैयाँको सामान ल्याउँदा पनि भन्सार लाग्ने गरेको बताउनुभयो । कँडेलले चीन र विमानस्थलबाट आउनेलाई भने सरकारको कानुनले नछोएको तर्क गर्नुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

