Rashtriya Dainik

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सरावल गाउँपालिकाद्वारा सम्मान

उमेश बि.क / नवलपरासी , ३ साउन

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा सम्मान तथा पुरस्कार वितरण गरिएको छ।

सरावल गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाकाे आयाेजनामा पालिका उपाध्यक्ष बासमति हरिजनकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले यो पालिकाको तर्फबाट गरिएको प्रोत्साहन कार्यक्रम हो, भोलिका दिनमा पालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि अझ थप योजना ल्याउने बताउनुभयो ।विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सिप आर्जनतर्फ लाग्नुपर्ने बताउदै उत्कृष्ट नतिजा ल्याउने सबै विद्यार्थीहरुलाई बधाई शुभकामना सहित उज्ज्वल भबिस्यकाे शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सरावल ५ दुबाैलियाकी तिर्सना कुमारी गाैड एसइईमा 4Gpa प्राप्त गरि जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने छात्रा र ३.७६ Gpa ल्याई पालिका उत्कृष्ट हुने छात्रा निलम कुमारी गुप्ता सहित ४२ जनालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हाे।

शाखाले गत शैक्षिक सत्रमा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई नगद सहित सम्मान गरेको हो । जसअन्तर्गत सर्वाेत्कृष्ट २ जनालाई ५ हजार र सम्मान पत्र , उत्कृष्ट २० जनालाई २ हजार र सम्मान पत्र, साधारण १५ सय दरले २० जनालाई नगद सहित सम्मान पत्र प्रदान गरिएको हाे।

कार्यक्रममा वडा नम्बर १ काे वडा अध्यक्ष विष्णुप्रसाद भट्टराई , आदर्श मा.बि खाेखरपुराका प्र.अ देवनारायण चाैधरी ,जिल्ला उत्कृष्ट छात्रा तिर्सना कुमारी गाैड ,पालिका उत्कृष्ट छात्रा निलम कुमारी गुप्ता लगाएतले पालिकाकाे प्रशंसा गर्दै एसइई उत्कृष्ट हुने विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

शिक्षा ,युवा तथा खेलकुद शाखाका प्रेम थापाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले स्वागत गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित