Rashtriya Dainik

पर्सा प्रहरीद्वारा अवैध लत्ताकपडाहरु बरामद

वीरगंज, २ श्रावण
पर्सा प्रहरीले भन्सार छलि गरि ल्याएको विभिन्न किसिमको सामानहरु पक्राउ गरेको हो।
प्रहरीले भारतबाट नेपाल तर्फ अवैधरुपले भित्राएको लेडिज कुर्था सुरुवाल, ७९ लेडिज सल ,लेडिज कुर्थाको थानवाला सुतिको थान कपडा साडि लगाएतको सामानहरु बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय विर्ता र ईनार्वा प्रहरी चौकीले भन्सार छलि चोरी पैठारी गरी ल्याएको अवैध लेडिज कुर्था सुरुवाल ७९ पिस, लेडिज सल २०६ पिस, लेडिज कुर्थाको थानवाला कपडा ४० थान,सुतिको थान कपडा १० थान ,साडि १० पिस गरि २ लाख ५० हजार रुपैया बराबरको सामानहरु नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।

पक्राउ परेका अवैध लत्ताकपडाहरु आवशयक कार्यबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित