उमेश बि.क / नवलपरासी , २ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ गाेइनिमा SEE ग्रेट बृद्धिकाे लागि निशुल्क ट्युसुन कक्षा सन्चालनमा ल्याइएको छ।
कोहि पनि आर्थिक अभावले शिक्षाबाट बन्चित हुन नपरोस भनेर असार २८ गते देखि नै ५ जना अनुभवी शिक्षकले निशुल्क ट्युसुन कक्षा सन्चालन गरेका छन।
SEE मा १.६ भन्दा कम जीपीए ल्याएका बिद्यार्थीहरुको हरेक बिषयको ग्रेड वृद्धिका लागि पैसा तिरेर शिक्षा हासिल गर्न नसकेका विद्यार्थीहरुलाई निशुल्क टियुसन कक्षा सन्चालनमा ल्याएकाे सामाजिक अभियान्ता फुलचन्द्र प्रजापतिले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

सरावल ३ गोइनी ( लक्ष्मी पुस्तक पसलको माथिल्लो भवन) मा सन्चालन भइरहेको टियुसन कक्षामा ५१ जना विद्यार्थीहरुकाे सहभागीता रहेको छ।
ट्युसन कक्षा अनुभवी शिक्षक फुलचन्द्र प्रजापति , सुनिल कुमार काेहार , बिरेन्द्र खतइत , सन्दिप कुमार काेहार र सुरेन्द्र प्रजापतिले अध्यापन गराइ रहनुभएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

