अारपि उपाध्याय / नवलपरासी , २ साउन
जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालक र यात्रुहरुलाई सडकमै ट्राफिक नियमको जानकारी गराउने कार्यलाई निरन्तरता दिएको छ।
पुर्व पश्चिम राजमार्ग र जिल्लाको भित्री सडक खण्डमा समेत लक्षित गरि सुरक्षित सडक प्रयोग गर्ने सम्बन्धि प्रशिक्षण दिइएको जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीकी प्रमुख ट्राफिक निरीक्षक प्रसिद्धिका कडेलले जानकारी दिनुभएको छ।
जिल्लाको बर्दघाटमा ट्राफिक सब इन्सपेक्टर कृष्ण पाण्डे सहितको टोलीले सवारी चालक र यात्रु वर्गहरुलाई सचेतना सहित सहजीकरण गर्नुभएको थियो।
त्यसैगरी सुनवल,परासी,महेशपुर,सेमरी र बेलाटारी लगायत स्थानमा पनि ट्राफिक चेकजाँच सहित यात्रु वर्गलाई ट्राफिक नियमको पालना सहित पैदल यात्रा गर्दा अपनाउनु पर्ने सावधानी बारे सचेतना गराइएको जानकारीमा आएको छ।
श्रावण महिनामा बोलबम तिर्थालुहरुको भिड बढ्न थालेपछि ट्राफिक प्रहरीले पनि अभियानकै रुपमा ट्राफिक सचेतना कार्यलाई तिव्रता दिन थालेको हो।

पुर्व पश्चिम राजमार्गको बर्दघाट,सुनवल सडक र भित्री सडक खण्डमा मादक पदार्थ सेवन गरि सवारी चलाउदा दुर्घटना बढ्ने सम्भावनालाई मध्यनजर गर्दै मापसे चेकजाँच गर्नुपर्ने माग समेत स्थानीय स्तरबाट उठन थालेको छ। यसबारे जिल्ला ट्राफिक निरीक्षक कडेलले आवश्यक स्रोत साधनको प्रबन्ध मिलाइ अविलम्ब व्यवस्थित रुपमा मापसे चेकजाँच गरिने जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

