Rashtriya Dainik

प्रहरीद्वारा ट्रक र पिकअप गाडी सहित डेढ करोड मुल्य बराबरको सामान बरामद

काठमाण्डौं ।

अबैध रुपले भन्सार छली चोरी पैठारी गरी जाँदै गरेको अवस्थामा हार्डवेयर तथा लत्ताकपडा बाेकेको ट्रक र पिकअप प्रहरीले पक्राउ गरेको छ ।

बिलविजक भन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको माल बाहक ट्रक र पिकअप वीरगञ्जबाट काठमाण्डौं तथा बुटवलतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नं. १५ गण्डकस्थित सडकखण्डबाट ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्ने क्रममा विलविजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो बिलबिजक शंकास्पद देखिएको हुँदा १ करोड ४३ लाख ६४ हजार २२ रूपैयाँ मुल्य बराबरको मालसामान प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

उक्त नियन्त्रण गरेको ट्रक, पिकअप र सो भित्र लोड रहेको सामानहरू प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित