काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक समुहले अदालतको आदेश विपरित घर ढलान गरेको पाइएको छ ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ स्थित विकेश शाहीको कित्ता नम्बर ५८२ को जग्गामा अवैध रुपमा घर ढलान भएको हो ।
उच्च अदालत पाटन निवेदक शाहीको पक्षमा अन्तरिम आदेश दिएको थियो । न्यायधीश हरि प्रसाद पौडेलको ईजलाशले गत जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।
शाहीले चन्द्रागिरी नगरपालिकासहित अनुप मानन्धर, दिपक मानन्धर, अनिल मानन्धरलाई विपक्ष बनाएर मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा अदालतले निवेदक शाहीको कित्तामा नक्सापास, तथा घर निर्माण कार्य नगर्नु भन्ने अन्तरिम आदेश जारी गरेको थियो । तैपनि नगरपालिकाले आर्थिक चलखेलको आधारमा घर निर्माणको नक्सा पास गरिदिएको र सोही आधारमा घर ढलान भएको एक स्रोतबाट जानकारी प्राप्त भएको छ ।
निवेदक शाहीले अदालतको आदेश पालनाका लागि जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई समेत निवेदन दिएको आधारमा प्रशासनले प्रहरीलाई समेत पत्राचार गरेको थियो । तर, पत्राचार भएपनि उनको कित्तामा घर ढलान भएको पीडितले दाबी गरेको छ ।
चन्द्रागिरी वडा नं. ९ का अध्यक्ष अच्यूत अधिकारी र नेपाल प्रहरीको मिलोमतोमा भएको देखिन्छ ।
यो भन्दा अगाडि झडप हुँदा टेकूपरिसरले मुद्वाको अन्तिम किनारा नलागेसम्म दुई पक्षले काम नगर्नु भनेर अदालतको आदेश दुई पक्षले मान्ने भनेर सहमति भएको थियो ।
सो सहमति गर्दा वडा अध्यक्ष उपमेयरको रोहबरमा कागज गरेको तर अहिले केही प्रहरी र जनप्रतिनिधिहरू लोभ लालच परेर विक्री भएर घर ढलान गर्न खोजिएको देखिन्छ ।





राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

