Rashtriya Dainik

पर्सा प्रहरीद्वारा गण्डक चौकबाट १ करोड ४३ लाखको सामान सहित ट्रक र पिकप पक्राउ

वीरगंज / १ श्रावण

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी बोकेको मालबाहक सवारी साधनहरुबाट हाडयेवर र लत्ताकपडाहरु बरामद गरेको हो।

प्रहरीले ट्रक र पिकपबाट बिलबिजक भन्दा बढी बोकेको हाडवेयर र लत्ताकपडाहरु करिब साढे १करोड रुपैया बराबरको नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सुचनाको आधारमा गण्डक स्थित सडक खण्डमा खटिएको टोलीले वीरगंजबाट काठमाडौ तथा बुटवल तर्फ जादै गरेको ना५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढिको हाडवेयर र लत्ताकपडाहरु करिब १ करोड ४३ लाख ६४ हजार रुपैया बराबरको सामानहरु सहित सवारी साधनहरुलाई बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारीदिनु भयो।

त्यसैगरि पक्राउ परेको हाडवेयर , लत्ताकपडाहरु सहित मालबाहक ट्रक र पिकपलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजशव अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरी उपरीक्षक कोमल शाहले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित