Rashtriya Dainik

जनप्रतिनिधिहरुको आपसी विवाद र भागबन्डा नमिल्दा धोबिनी गा.पाको गाउँसभा अझै हुन सकेन

राजन कुमार बानिया /पर्सा ,२ साउन

पर्साका धोबिनी गाउँपालिकाको गाउँसभा अझै हुन सकेको छैन ।

असार मसान्त भित्र गरि सक्नु पर्ने धोबिनी गाउँपालिकाको गाउँ सभा अझै हुन नसकेको हो ।

नयाँ आर्थिक बर्ष सुरु भए पनि गाउँ सभा नहुदा आ.व. २०८०/०८१ को निति,कार्यक्रम तथा बजेट आउन सकेको छैन । समय मै निति, कार्यक्रम तथा बजेट नआउदा बिकास निर्माणको काम सुरु हुनमा ढिलाई हुने र बिकास निर्माणको बजेट पनी रकम पनि कटेर अाउने गाउँ कार्यपालिका कार्यालयहरुले जनाएका छन ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असार १० गते भित्र सबै स्थानिय तहरुले गाउँ तथा नगर सभा गरि सक्नु पर्ने पत्रचार गरेको थियो ।

समय मै गाउँ सभा नगरे संघको सरकारको अनुदानको रकम नपठाउने मन्त्रालयले चेतनावनी समेत दिएको थियो । तर धोबिनी गाउँपालिकाका जनप्रतिनिधि हरुको विचको विवादका अापसी भागबन्डा नमिलोको कारण गाउँ सभा गर्न सकेको छैन। जनप्रतिनिधिहरु बिचको आपसी बिबाद र बजेट भागबन्डा कुरा नमिल्दा गाउँ सभा हुन नसकेको जनप्रतिनिधिहरु नै स्वीकारने गरेका छन ।

विगत बर्ष झै यस बर्ष पनि आ आफ्नो भाग बढी योजना र बजेट पार्न जनप्रतिनिधिहरु अडान लिएका कारण गाउँ सभामा ढिलाई भएको हो ।

असार मसान्त भित्र वीरगंज महानगरपालिका, पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी, ठोरी, जगरनाथपुर ,छिपहरमाई,कालिकामाई, पकहामैनपुर गाउँपालिकाले मात्र गाउँ सभ तथा नीति कार्यक्रम गरेका छन भने धोबिनी,बिन्दबासनी, र सखुवाप्रशौनी गाउँपालिका गाउँ सभा नभएको देखिएको छ ।

यस्को सम्बन्धमा धोबिनी गाउँपालिका उपाध्यक्ष प्रतिनिधि श्यामकिसोर पटेल संग जानकारी लिन खोज्दा पटेलले भन्नू भयो गापा अध्यक्ष चौहानले एकलौटी गर्ने खोजेको हो ।हामीहरु धेरै दिन देखि भनिरहेको छु कि बोर्ड बैठक बसालेर बिभिन बिषय माथी छलफल गरि निर्णय गर्नु पर्यो ।

गाउँपालिकाबाट निकालिएको कर्मचारी हरुलाई बहाल गरिनु र गाउँ सभा र नीति तथा कार्यक्रम गर्नलाई गते मिति तोकनु पर्यो भन्दा खेरि गाउँपालिका अध्यक्ष एकलौटी खोजेको र अहिले सम्म बोर्ड बैठकको पत्र नकाटेको ले हामीहरुले गाउँपालिका कार्यालयको प्रसाशन फाटमा बोर्ड बैठक गराउनका लागी निबेदन दिएको छु अाफ्नो प्रतिक्रिया दिनु भएको छ ।

यसै बिषयमा गाउँपालिका अध्यक्ष मदन चौहान संग प्रतिक्रिया लिदा अध्यक्ष चौहालले भने मैले बैठकको पत्र काटेको हु तर उहाँहरु बिभिन बहाना बनाएर बस्न नमानेको हो। गाउँपालिकाको नीति तथा कार्यक्रमको १० गर्ने भने पछी अाफै उहाँ हरु १८ गते राखने भने पछी त्यो दिन पनि बिभिन बहाना बनाएर स्थगित गरिको हो। बोर्ड बैठक बसालन मेरो कुनै अापती छैन जुन दिन भन्नू हुन्छ त्यही दिन बस्ने जानकारी दिनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित