Rashtriya Dainik

जिल्ला प्रशासन कार्यालय नवलपुर र मातहतका सुरक्षा निकायबाट २० करोड राजस्व संकलन

अारपि उपाध्याय / नवलपरासी ,१ साउन

जिल्ला प्रशासन कार्यालय नवलपुर र मातहतका सुरक्षा निकायले गत आ.व. मा झण्डै २० करोड राजस्व संकलन भएको बताएको छ।
सोमबार कावासोतिमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय नवलपुरले १० करोड ५७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
जसमा भन्सार छलिएका समान नियन्त्रण मा ६ करोड ३८ लाख, नदिजन्य पदार्थ चोरी तस्करी गर्ने समुहबाट ३९ लाख ५ हजार संकलन गरेको नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ।
त्यस्तै जि.प्र.का. र मातहतमा रहेका कसुरजन्य सम्पत्ति मोटरगाडि निलामबाट ४१ लाख ४३ हजार, घरेलुु मदिरा निलाम जरिवानाबाट ४० हजार राजस्व संकलन भएको बताइएको छ।
त्यसैगरी जिल्ला ट्राफिक कार्यालयले ३ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। जसमा ट्राफिक नियम उल्लंघन गर्ने बाट ३७ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले बताउनु भयो।


सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्मले ३ करोड ९० लाख ७१ हजार राजस्व संकलन गरेको गुल्मले जानकारी गराएको छ।
जिल्ला प्रशासन कार्यालयले गत आ.व.भन्दा दोब्बर राजस्व संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालयले कुल ११ करोड ५७ लाख ११ हजार राजस्व संकलन गरेको बताइएको थियो।
जसमा ०७९/८० मा राहदानीबाट १० करोड ४९ लाख, संस्था नवीकरणबाट ११ लाख, प्रशासनिक दण्ड जरिवानाबाट २८ लाख ४४ हजार, सरकारी सम्पत्ति विक्रीबाट ४० हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट ६३ लाख ४८ हजार संकलन भएको सहायक प्र.जि.अ. सुवास कुमार लामिछानेले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।
कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित