Rashtriya Dainik

सुस्ता गाउँपालिकाद्वारा कृषकहरुलाई कृषि उपकरण

राष्ट्रिय दैनिक / नवलपरासी ,१ साउन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले कृषकहरुलाई कृषि उपकरण वितरण गरेको छ ।

गत आर्थिक बर्ष ०७९/०८० को बजेट रकमबाट सुस्तामा रहेको पशुपालन कृषक मध्ये ४५ जनालाई चाप कटर मेसिन,कृषि गर्ने ७६ जना किसानलाई सिचाइको लागि २ एच पि को बिधुतिय मोटर र ७० जना कृषकलाई टु इन वान को स्प्रे मेसिन पालिकाले ५० % प्रतिशत अनुदानमा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभएको हाे।

कम लगानीमा कृषकहरुको बढी उत्पादन गराउने उदेश्यले कृषकहरुलाई कृषि उपकरण ५०% प्रतिशत अनुदानमा वितरण गरिएको पालिका अध्यक्ष टेक नरायन उपाध्यायले बताउनुभएको हाे। सुस्ता पशुपालन र कृषि पकेट क्षेत्रले मानिएको पालिका भएको कारणले प्रत्येक बर्ष पालिकाले कृषि उपकरण मात्र नभइ बीउ बिजन जस्ता कार्यक्रमहरु लागू गर्दै आएको र अगामी दिनमा पनि कृषकहरुको मध्यनजर गर्दै यस्ता कार्यक्रमहरु निरन्तर चलिरहने पालिका अध्यक्ष उपाध्यायले बताउनु भयो ।

पालिका अध्यक्ष उपाध्यायको अनुसार आफू पनि एउटा ब्यवसाय कृषक भएको र किसानको पिडालाई आफुले नजिकबाट निहालेको हुदा किसानहरुलाई निशुल्क रूपमा कृषि उपकरणहरु वितरण गर्न नसकिएपनी अनुदानमा वितरण गरिएको र यसबाट किसानले मनग्ये आम्दानी गर्ने आशा लिएको र सहि सदुपयोग तरिकाले आत्मसात गरेर किसानहरुले प्रयोग गरिदिन आग्रह पनि गर्नु भएको छ ।

सुस्ताका कृषकहरुलाई आत्मबल बढाउन र सुस्तालाई कृषि क्षेत्रमा नमुना पालिका बनाउनको लागि पालिकाले विभिन्न योजनाहरु ल्याएको र ती योजनाहरुलाई प्राथमिकता राखेर अघि बढाइने सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले बताउनु भयो ।

त्यस्तै गरि सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता चौधरीले आफुहरु जनप्रतिनिधि भन्दा पनि किसानका छोराछोरी भएको कारण हाम्रो पहिलो प्राथमिकता किसानहरुलाई थप उत्साहित गराउने हो त्यही भएर हामीले यस्ता कार्यक्रमहरु ल्याएको र सोही कार्यक्रम अनुरुप कृषि उपकरण सामग्री अनुदानमा वितरण गरिएको बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित