Rashtriya Dainik

प्रथम अमवा रमाइलो मेला आज बेलुका देखि सन्चालन हुने

राजन चाैधरी / रुपन्देही , १ साउन

रुपन्देहीको सियारीमा प्रथम अमवा रमाइलो मेला आज बेलुका देखि हुने भएको छ।

सोमबारदेखि जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

साउने सक्रान्तिको अवसर पारी बिगत लामो समयदेखि देशका बिभिन्न जिल्लामा मेला महोत्सव आयोजना गर्दै आएको जेएमडी बुटवलले अहिले पहिलोपटक अमवामा मेला आयोजना गरेको हो।

मेला साउन १५ सम्म चल्ने छ । मेलाको मुख्य आकर्षणको रुपमा राष्ट्रिय कलाकारहरु बद्री पङ्गेनी, दुर्गेश थापा,प्रीति आले,ज्योती मगर,प्रीती पाश्वान,अनु चौधरी,चन्द्र शर्मा , भारतीय कलाकार राजा भाेजपुरीया , खेसारीलाल २ लगायतका ३ दर्जन कलाकार सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति हुने जे एमडी ग्रुपका प्रबन्ध निर्देशक बताउनुभयो ।

मेलामा करिब ५० स्टल ,३५ हजार दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिइएको जयसवालले बताउनुभयो ।

साउन १५ सम्म चल्ने मेला बेलुका ५ बजेदेखि राती ११ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा सियारीको विविधता झल्काउने झाँकीसहितको बृहत शोभायात्रा, स्थानिय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरुको व्यापार, कृषि सामाग्री प्रदर्शन,संस्कृतिको प्रबद्र्धन लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।

मेला अाज बेलुका गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

मेला प्रवेशका लागि टिकटको दर रु ८० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु ५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

पहिलोपटक हुन लागेको मेलाको सहआयोजक सियारी गाउँपालिका वडा न.७,अमवा युवा क्लब र सियारी गाउँपालिका संरक्षकको रुपमा रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित